घुमाउने मन पराउने ।
मलाई मन पर्ने
मलाई मन पर्ने
तीजको बेलामा सबै जान्छन माईत ।
बाबाले रोज्नु भो भैंसी चराउने ।।
मलाई मन पर्ने
पल्टनको लाहुरे ।
बाबाले रोज्नु भो तोरिलाउरे ।।
मलाई मन पर्ने
फिलिममा रमाउने ।
बाबाले रोज्नु भो हलो समाउने ।।
.....................बरिलै हलो समाउने ।।
यी तीज गीतका पंक्तिहरु हुन........
भाद्र शुक्ल तृतियाका दिनलाई तीज पर्वका रुपमा मनाउने परम्परा नेपालीहरुमा कायम रहेको छ । यो पर्व महिला चेलिबेटीहरुको विषेश पर्वका रुपमा मनाईँदै आएको पर्व हो । यस पर्वमा महिलाहरुले भाद्र शुल्क द्धितीयाका आधारातमा भोजन सेवन गरि तृतियाका दिनमा दिन भर उपवास (व्रत) बस्ने गर्दछन । द्धितीया तीथिको राती सेवन गरिने उक्त भोजनलाई “दर” भनिन्छ । यसरी खाने खानाका परिकारहरुमा दुध, ध्यू, दही को बढि प्रयोग गर्ने प्रचलन छ । यसै प्रचलनलाई “तीजको दर खाने” भनेर भनिन्छ । यो पर्वमा विशेष गरि विवाहित महिलाहरु माईतिघर जाने र अविवाहितहरु आमा संग मामा घरमा जाने परम्परा र प्रचलन छ । माईति र मावलीले पनि सोहि अनुसार चेलिवेटीहरुलाई प्रेम पुर्वक निम्ता पठाउने वा लिन जाने चलन छ । यस प्रकार माईतीघर जानेहरु खुशीले नाच गान गर्ने र विभिन्न कारणले माईतीघर जान नपाउने अथवा माईतीघर नहुने हरुले मनको बिलौनाहरु प्रस्तुत गर्ने एक प्रकारको गीत संगीत नेपाली समुदायमा लोकप्रिय र प्रचलित छ त्यसैलाई नै तिज गीत भनिन्छ ।यी तीज गीतका पंक्तिहरु हुन........
आफ्नो माईती मुग्लान पारि छैन साईत ।।
यस प्रकार विभिन्न शैलीका गीत संगीतहरु आज भोलि प्रचलित छन । त्यसै गरि पुरुषहरुले मसेत आज भोलि विभिन्न तीज गितहरुमा स्वर प्रदान गरेको पाईन्छ । समयको परिवर्तन संगै महिला र पुरुष विचका यूगल, दोहोरी शैलिका तीज गीतहरु पनि अहिलेको जनमानसमा लोक प्रिय बन्दै गएको छ ।
No comments:
Post a Comment